ग्रिन क्लिन धनगढीको आयोजनामा देशव्यापी धनगढी स्पिच कम्पिटिसन हुने

ग्रिन क्लिन धनगढी

ग्रिन क्लिन धनगढीको आयोजनामा देशव्यापी धनगढी स्पिच कम्पिटिसन हुने भएको छ ।

वातावरण संरक्षणका क्षेत्रमा लामो समय काम गर्दै आएको ग्रिन क्लिन धनगढीले वातावरणीय दीगोपन ः हाम्रो दायित्व विषयमा स्पिच कम्पिटिसन गर्न लागको हो ।

सहभागी हुन चाहनेले प्रतियोगिताको अनलाइनमार्फत भिडियो पठाउँने सक्ने कार्यक्रम संयोजक शुभम पनेरुले जानकारी दिए ।

उनका अनुसार सहभागीहरुले नोभेम्बर २५ देखि ३ सम्म पहिलो राउण्डमा भिडियो पठाउँन सक्नेछन् । पाँच मिनेटको हुनुपर्नेछ । भिडियो ल्यान्डस्केप मोडमा खिचेको पर्छ । ती भिडियोहरुलाई डिसेम्बर ६ मा यूटुयुबमा अपलोड गर्दै डिसेम्बर १३ सम्म प्रचारप्रसार गरिनेछ ।

पहिलो राउण्डको नतिजा प्रकाशित डिसेम्बर १६ मा हुनेछ । पहिलो चरणमा सफलहरुले दोस्रो चरणको भिडियो पठाउँनुपर्नेछ । दोस्रो चरणको भिडियोहरु २० डिसेम्बरसम्म पठाउँनुपर्ने पनेरुले बताए ।

दोस्रो चरणका भिडियोहरु २३ डिसेम्बरमा युटुयुबमा अपलोड गरिने र ३० डिसेम्बरसम्म प्रचारप्रसार गर्न पाइनेछ । जनवरी ७ मा अन्तिम नतिजा सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

सहभागिता जनाउँन चाहनेले नाम दर्ता शुल्क तीन सय रुपैयाँ बुझाउँनुपर्नेछ । प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १० हजार, तेस्रो हुनेले ५ र चौथो हुनेले २ हजार पुरस्कार पाउनेछन् ।

विजेताको टुंग्गो ४० प्रतियोििगता यूटुयुब लाइक र भ्यूजका आधारमा तथा ६० प्रतिशत निर्णायकको मतका आधारमा गरिनेछ ।

ग्रीन क्लिनका कार्यक्रम निर्देशक समुयल न्यौपानेले वातावरण संरक्षण र यसको महत्वबारे देशव्यापी जनचेतना जगाउन यो कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

‘वातावरणको महत्वलाई विश्वव्यापी रुपमा जनचेतना अभिवृद्धि गर्नका लागि आवश्यक भएको हो,’ उनले भने, ‘यस कार्यक्रमले वातावरण संरक्षण टेवा पुर्याउँनेमा म विश्वस्त छु । साथै नेपालका युवा वक्ताहरुमा भएको सीप, क्षमता र दक्षतालाई पनि यसले सार्वजनिक गर्नेछ ।’

कार्यक्रममा सहभागिता जनाउँन चाहनेले समुयल न्यौपानेलाई ९८६२४७२७९८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार