कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखक विजयी

रमेश लेखक

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखकले भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन् ।

नेकपा एमालेकी उम्मेदवार निरु पालले १८ हजार चार ४४८ मत पाएकी छन् । लेखक पालबीचको मतान्तर १३ हजार बढी रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २ हजार २८ मत पाएका छन् । प्रतिनिधि सभाको ३६९९ मत बदर भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार