प्रचण्ड बुहारी गठबन्धन उम्मेदवार मगरलाई हराउँदै एमाले उम्मेदवार तारा लामा तामाङ विजयी

कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं.१ बाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना मगर पराजित भएकी छन् । पूर्वमन्त्री समेत रहेकी मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएकी हुन् ।

तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरेका छन् । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मतमा सीमित भइन् । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका तामाङ नेकपा एमाले विभाजनपछि नेकपा एकीकृतमा थिए । पछि उनी पुनः नेकपा एमालेमा फर्किएका थिए । मगर माओबादी अध्यक्ष प्रचण्डकी बुहारी हुन

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार