SKIP THIS

धनगढी उप-महानगरपालिका

कुन प्रदेशमा कुन दलको कति आयो समानुपातिक मत ?

कुन प्रदेशमा कुन दलको कति आयो समानुपातिक मत ?

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । हालसम्म भइरहेको समानुपातिक तर्फको मतगणनामा ५ वटा प्रदेशमा एमालेले अग्रता लिएको छ भने एक–एक वटा प्रदेशमा कांग्रेस र माओवादी केन्द्र अगाडि देखिएको छ । मधेस प्रदेशमा कांग्रेस अगाडि देखिएको छ, कर्णालीमा माओवादी केन्द्र अगाडि देखिएको छ भने अन्य प्रदेशमा एमाले अग्रता लिएको छ ।

प्रदेश नम्बर १
प्रदेश सभा १ मा एमालेले अग्रस्थान हासिल गरेको छ । एमालेले २ लाख ४ हजार ५८१ मत पाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले १ लाख ९२ हजार ७४ मत पाएको छ । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ६५ हजार ४५ मत पाएको छ । चौथो स्थानमा रहेको जसपा नेपालले ३१ हजार ४१९ मत पाएको छ । पाँचौ स्थानमा रहेको नेकपा एसले १५ हजार ३७४ मत पाएको छ ।

मधेश प्रदेश 
प्रदेश सभा मधेसमा नेपाली कांग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो दल बनेको छ । कांग्रेसले ८६ हजार ५५३ मत पाउँदा एमालेले ६८ हजार २३० मत आएको छ । तेश्रो स्थानमा रहेको जनता समाजवादीले ५४ हजार २७७ मत पाएको छ भने चौथो स्थानमा रहेकोे जनमत पार्टीले ४६ हजार २७६ मत पाएको छ । पाँचौ स्थानमा रहेको माओवादी केन्द्रले ३२ हजार ५०७ मत पाएको छ । 

बागमती प्रदेश
समानुपातिक तर्फको मतगणनामा बागमती प्रदेश सभामा एमालेले अग्रता हासिल गरेको छ । एमालेले २ लाख ११ हजार ६१ मत पाउँदा दोश्रो स्थानमा रहेको कांग्रेसले १ लाख ९० हजार २१९ मत पाएको छ । तेश्रो स्थानमा रहेको राप्रपाले १ लाख २४ हजार ४३ मत पाएको छ । चौथो स्थानमा रहेको माओवादी केन्द्रले ९१ हजार २४४ मत पाएको छ । पाँचौ स्थानमा रहेको नेमकिपाले ५८ हजार ३५२ मत पाएको छ । 

गण्डकी प्रदेश 
यता गण्डकी प्रदेशमा पनि समानुपातिक तर्फको मतगणनामा एमालेले अग्रता लिएको छ । एमालेले २ लाख १५ हजार ७७० मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले १ लाख ९१ हजार ११६ मत पाएको छ ।  तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ९२ हजार ९०१ मत पाएको छ । चौथो स्थानमा रहेको राप्रपाले ३२ हजार ६६६ मत पाएको छ । पाचौं स्थानमा रहेको राष्ट्रिय जनमोर्चाले १३ हजार ५९४ मत पाएको छ । 

लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशमा पनि समानुपातिक तर्फको मत गणनामा एमालेले अग्रता लिएको छ । एमालेले ३ लाख ७५३ मत ल्याउँदा कांग्रेसले २ लाख ७० हजार १२९ मत पाएको छ । तेश्रो स्थानमा माओवादी केन्द्रले १ लाख ८ हजार ७०३ मत पाएको छ । चौथो स्थानमा रहेको राप्रपाले ७३ हजार ४९० मत र पाँचौ स्थानमा जसपा नेपालले ४६ हजार २६८ मत पाएको छ । 

कर्णाली प्रदेश 
कर्णाली प्रदेशमा भने माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रले ५५ हजार ६३७ मत पाउँदा एमालेले ४५ हजार ६३४ मत पाएको छ । तेश्रो स्थानमा रहेको कांग्रेसले ३५ हजार ५० मत र्पाको छ भने चौथो स्थानमा रहेको नेकपा एसले १० हजार ९६१ मत पाएको छ । 

सुदूरपश्चिम प्रदेश 
सुदरपश्चिम प्रदेशमा समानुपातिक मत गणनामा एमालेले अग्रता लिएको छ । एमालेले ९० हजार ९६५ मत पाउँदा दोस्रो स्थानमा रहेको कांग्रेसले ८४ हजार २२१ मत आएको छ । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले ४३ हजार ५६ मत पाएको छ । चौथो स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले २९ हजार ५६७ मत पाएको छ भने पाँचौ  स्थानमा रहेको नेकपा एसले १३ हजार ६५७ मत पाएको छ । -रातोपाटी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार