SKIP THIS

S.P.A  Collage

रञ्तिाको नेतृत्वमा नौ महिनामा अगाडी स्थापना भएको नागरिक उन्मुक्ति पार्टी अब कैलालीमा ठूलो दल !

रञ्तिाको नेतृत्वमा नौ महिनामा अगाडी स्थापना भएको नागरिक उन्मुक्ति पार्टी अब कैलालीमा ठूलो दल !

धनगढी : स्थापनाको नौँ महिनामा आमनिर्वाचन लडेको नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय पार्टीलाई पछाडि पार्दै कैलालीमा ठूलो दल बनेको छ।

सङ्घतर्फ तीन र प्रदेशतर्फ पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेर यो पार्टी यहाँ पहिलो दल बनेको हो। टीकापुर विद्रोहको जगमा २०७८ फागुन ३ गते यो पार्टीको जन्म भएको हो। छोटो अवधिमै एक्लै चुनावी मैदानमा उत्रेको पार्टी कैलालीमा ठूलो शक्ति बनेर उदाएको हो। 

प्रतिनिधि सभा सदस्यतर्फ पाँच सिट रहेकोमा १, २ र ३ मा नागरिक उन्मुक्तिले जितको ढकिया अङ्कित झन्डा फहराएको छ। ढकिया पार्टीको चुनाव चिह्न हो। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहनु भएकी रन्जिता श्रेष्ठ चौधरी क्षेत्र नम्बर १ बाट ३० हजार ४०४ मत प्राप्त गरी विजयी हुनुभयो। 

उहाँ नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् टीकापुर घटनाका बन्दी रेशम चौधरीको श्रीमती पनि हुनुहुन्छ। २०७४ को निर्वाचनमा फरार अवस्थाबाटै रेशमले १ बाटै अत्यधिक मतका साथ प्रतिनिधि सभा सदस्यमा जित हासिल गर्नुभएको थियो। उहाँको विरासतलाई जोगाउन पत्नी रन्जिता सफल हुनु भएको छ। 

यसैगरी, क्षेत्र नम्बर २ बाट अरुन चौधरी निर्वाचित हुनुभएको छ। उहाँले २१ हजार ८७१ मत प्राप्त गर्नुभयो। क्षेत्र नं. ३ मा २३ हजार १२० मत प्राप्त गरी गंगाराम चौधरी विजयी हुनु भएको छ। क्षेत्र नं. १ र २ मा नागरिक उन्मुक्ति पार्टीले क्लिन स्विप गरेको छ। 

प्रदेश सभा सदस्यमा १ को (क) बाट कैलाश चौधरी, (ख) बाट लक्ष्मणकिशोर चौधरी, २ को (ख) बाट रामेश्वर चौधरी र ३ को (क) बाट घनश्याम चौधरी, (ख) बाट खुशीराम डंगौरा थारु निर्वाचित हुनु भएको छ। प्रतिनिधि सभा सदस्यतर्फ ४ र ५ मा नेपाली कांग्रेसले जितेको छ। त्यस्तै, सो पार्टीले प्रदेश सभा सदस्यतर्फ तीन सिट जितेको छ। नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी) केन्द्रले प्रदेश सभा सदस्यतर्फ एक  एक सिट जितेका छन्। मुलुककै ठूलो दल नेकपा (एमाले) भने कैलालीमा जितविहीन बनेको छ। 

नागरिक उन्मुक्ति पार्टीले ‘टीकापुर थारु विद्रोह’ ले पार्टीको जन्म भएको आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। सो पार्टीले जन्मिदै मुद्दा लिएर जन्मेको उल्लेख गर्दै घोषणापत्रमा भनेको छ,‘पहिचानसहितको सङ्घीयता स्थापना हुनुपर्छ भन्ने संगठन आज आएर पार्टीमा रुपान्तरण भएको हो।’ 

२०७२ मा घटेको टीकापुर घटनाको बारेमा छानविन आयोग र समितिले गरेको छानविनको प्रतिवेदन सार्वजनिक गराउनु नागरिक उन्मुक्ति पार्टीको उद्देश्य रहेको घोषणापत्रमा भनिएको छ। टीकापुर विद्रोहलाई राजनीतिकरण गरी झूठा मुद्दा लागेका सहकर्मी छुटाउन र समग्र देशको विकासमा हातेमालो गर्नका लागि यो पार्टीको जन्म भएको घोषणापत्रमा भनिएको छ। 

यो पार्टी टीकापुर थारु विद्रोहलाई राजनीतिकरण गर्ने र टीकापुर घटनाका बन्दी रिहाइसहित विकासलाई चुनावी एजेण्डा बनाएर निर्वाचनमा होमिएको थियो। सो पार्टीको एजेण्डालाई जनताले अत्यधिक मतका साथ अनुमोदनमात्रै गरेनन्, नागरिक उन्मुक्ति पार्टीलाई शक्तिका रुपमा पनि स्थापित भएको छ। 

यो पार्टीले स्थापनाको छोटो समयमै स्थानीय तहको निर्वाचन पनि एक्लै लडेको थियो। गत वैशाखमा सम्पन्न सो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका गरी चार स्थानीय तहमा जित हासिल गरेर यहाँ पहिलो पार्टी बनेको थियो।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

86%

खुसी

0%

दुःखी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार