३६ वर्षपछि मोरोक्को विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश

३६ वर्षपछि मोरोक्को विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश

मोरोक्को ३६ वर्षपछि विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको समूह ‘एफ’ को आफ्नो अन्तिम खेलमा क्यानडालाई २–१ ले पराजित गर्दै मोरोक्को समूह विजेता बनेर विश्वकपको अन्तिम १६ मा स्थान बनाएको हो ।

कतारको अल थुमामा रंगशालामा मोरोक्कोलाई जिताउन हाकिम जियच र युसेफ इन नेसिरीले गोल गरे । खेलको चौथो मिनेटमा हाकिम जियचले गोल गर्दै मोरोक्कोलाई १–० को अग्रता दिलाए ।

एक खेलअघि नै विश्वकपबाट बाहिरिसकेको क्यानडा खेलको सुरुमै गोल खाएपछि दबाबमा आएको थियो । खेलको २३औँ मिनेटमा युसेफ इन नेसिरीले गोल गरेपछि मोरोक्कोले २–० को अग्रता बनाएको छ ।

खेलको ४०औँ मिनेटमा मोरोक्कोले आत्मघाती गोल गर्न पुग्यो । मोरोक्कोका नायफ अगुएर्डले आत्मघाती गोल गर्दा क्यानडाले २–१ को स्थिति बनाएको थियो । तर बाँकी समयमा गोल गर्न नसकेपछि क्यानडाविरुद्ध मोरोक्कोले २–१ को जित निकालेको हा ।

यो जितसँगै मोरोक्कोले समूह ‘एफ’ मा तीन खेलबाट सात अंक बनाउँदै समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएको हो । यता, क्यानडा भने अंक विहीन हुँदै विश्वकपबाट बाहिरिएको छ ।

मोरोक्को ३६ वर्षपछि विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो । मोरोक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा प्रिक्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । आफ्नो डेब्यु विश्वकपमा नै प्रिक्वार्टफाइनलसम्म पुग्दै मोरोक्कोले तहल्का नै मचाएको थियो । त्यसयता, मोरोक्को अहिलेसम्म विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन ।

सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरोक्को समूह चरणबाटै बाहिरिएको इतिहास छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार