धनगढीमा ग्रेडरले कुल्चिएर मृत्यु भएकी विद्यार्थीको शव आफन्तले बुझे

धनगढीमा ग्रेडरले कुल्चिएर मृत्यु भएकी विद्यार्थीको शव आफन्तले बुझे

धनगढी: धनगढीमा ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव आज शुक्रबार आफन्तले बुझेका छन् ।

चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । आजै शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने बताईएको छ ।

प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहिवार धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए । उनीहरु हिजोदेखि नै आन्दोलनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालयले हिजो रातिदेखि लगाएको निषेधाज्ञा तोडेर उनीहरु प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

हसनपुर पिपलचौतारा नजिक पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो ।

ग्रेडर र चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २८ बस्ने वर्ष २७ को विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका केही स्थानमा निषेधाज्ञा समेत गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

सम्बन्धित समाचार