प्रतिनिधिसभा समानुपातिक तर्फको १ करोड ४ लाख मतगणना

कुन प्रदेशमा कुन दलको कति आयो समानुपातिक मत ?

प्रतिनिधिसभा समानुपातिक तर्फको १ करोड ४ लाख मतगणना भएको छ । हालसम्म १ करोड ४ लाख ३ हजार ९४२ मतगणना हुँदा नेकपा एमाले २७ लाख ८३ हजार मतका साथ अग्रस्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५२ हजार मत पाएको छ भने नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार मत पाएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २२ हजार मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार मत पाएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ लाख २० हजार मत पाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएको छ ।

नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार मत, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार मत र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार मत पाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार