आजबाट धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु, कसले के भने ? (तस्बिर सहित)

आजबाट धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु, कसले के भने ? (तस्बिर सहित)

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती भारतीय कम्पनीले निर्माण सम्पन्न गर्ने र त्यसले सुदूरपश्चिमको समृद्धिमा योगदान पु¥आउने दाबी गर्नु भएको छ । 

बिहीबार सुदूरपश्चिम महोत्सव उद्घाटनमा बोल्दै प्रधानमन्त्री देउवाले छिट्टै पञ्चेश्वर आयोजनाको काम पनि अघि बढ्ने बताउनुभयो ।

उहाँले सुदूरपश्चिममा गौरीफन्टा नाकामा भारतसँग कुरा गरेर सहज बनाउने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको शिक्षा, स्वास्थपछि पर्यटन र आर्थिक विकास गर्नका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।  

उनले दुवै छिमेकीसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रुपमा विकास गर्ने सम्भावना रहेको बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारले यहाँको विकासका लागि समन्वय गरि काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

स्थानीय सम्भावनाहरूलाई पहिचान गरि प्राकृतिक सम्भावनाहरूको पहिचान गरेर सुदूरपश्चिमको विकास गर्नुपर्ने  उहाँले बताउनुभयो । सरकारले ठूला आयोजना र मझौला आयोजनालाई प्राथमिकता दिएको भन्दै यसले यहाँको विकासमा योगदान दिने प्रधानमन्त्रीको विश्वास छ । 

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले विभिन्न १५ बुँदे माग पुरा गर्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवालाई १५ बुँदे ज्ञापन पत्र बुझाउँदै उहाँले यस्तो बताउनु भएको हो । विभिन्न बाधा र समस्याका बीचपनि सुदूरपश्चिम महोत्सवको आयोजना गरेको उहाँको भनाई छ ।

बैङ्कहरूले गरिरहेको चर्को ब्याजका कारण व्यवसायीहरू धराशायीमा परेको समेत उनले बताएका छन् । अध्यक्ष कुँवरले सुदूरपश्चिमको पर्यटन क्षेत्रको बिकासका लागि महोत्सवको आयोजना गरिएको समेत बताउनुभयो । गौरीफन्टा नाकाको स्तर उन्नती हुन नसक्दा उद्योग ब्यवसायमा प्रत्यक्ष असर परेको बताएका छन् ।

अर्थतन्त्र आएका समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको श्रम मन्त्री  शेर बहादुर कुँवरले बताएका छन् । यहाँ भएको श्रम बजारलाई कटौती ग¥यौ भने झन् बेरोजगारीको समस्या आउने हुँदा यसलाई समयमै व्यवस्थापन गर्न प्रतिबद्ध रहेको समेत उहाँले बताउनु भएको छ । बेरोजगारको समस्या हटाउन लागि रहेको समेत बताउनु भयो । बढी रहेको बैङ्क ब्याजदरलाई कसरी घटाउन सकिन्छ भनेर विशेष छलफल भइरहेको उहाँले बताउनु भयो ।

यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउनको लागि संघ सरकारको सहयोग आवश्यक रहेको बताएका छन ।

सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले लगानी भित्र्याउनको लागि आवश्यक पुर्वाधार संघ सरकारको सहयोग बिना सम्भव नभएकाले यसको लागि सहयोग आवश्यक पर्ने बताए । उनले प्रदेश सरकार पनि लगानी भित्र्याउनको लागि सहयोग गर्न तत्पर रहेको बताए ।

उनले अलिहे व्याजदर बढ्दा व्यवसायी हतोत्साहित भएकाले यसलाई संघिय सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

उनले महोत्सवमा राखिएका १५ बुदे माग पुरा गर्नको लागि प्रदेश सरकार पनि तत्पर रहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार