SKIP THIS

S.P.A  Collage

समृद्ध सुदूरपश्चिमबारे बहस हुँदै

समृद्ध सुदूरपश्चिमबारे बहस हुँदै

महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलन सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, यहाँको कला संस्कृति र विकासका विषयमा केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ ।

सम्मेलन ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिल र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा तीन दिनसम्म चल्ने विश्वविद्यालयका उपकूलपति अम्मराज जोशीले बताए । सम्मेलनमा नौ देशका प्राध्यापक तथा अनुसन्धानकर्ताले शोधपत्र प्रस्तुत गर्नेछन ।

‘सुदूरपश्चिममा केन्द्रित रहेर तयार पारिएका शोधपत्र शोधकर्ताले प्रस्तुत गर्नेछन् ती विषयमा बहस छलफल हुनेछ’, उनले भने ‘नौ विधामा ७६ वटा शोधपत्र प्रस्तुत हुनेछन् भने सम्मेलनमा भौतिक र अनलाइन माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको छ ।’

सेमिनारमा सुदूरपश्चिमको कला संस्कृति, आर्थिक, सामाजिक र राजनीतिक विकासका विषयमा समेत विचार विमर्श हुने उनले बताए । ‘यस क्षेत्रमा थुप्रै सम्भावना भए पनि ती सम्भावनाको उजागर हुन सकेको छैन’, उनले भने । उनले हालसम्म राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सुदूरपश्चिमबारे गहन छलफल हुन नसकेको बताए ।

सेमिनारमा स्वदेशी र विदेशी गरी चार सय १६ जना सहभागी भएको ब्रिटेन–नेपाल एकेडेमिक काउन्सिलका प्रतिनिधि कृष्ण अधिकारीले बताए । उनले भौतिक रूपमा दुई सय जना र अन्य अनलाइनमार्फत् सहभागी हुने बताए ।

उनले भने ‘सम्मेलनमा जनस्वास्थ्य, मेडिकल शिक्षा, इञ्जिनियरिङ, जलस्रोत, शैक्षिक नीति, वातावरण, सामाजिक विज्ञान र इतिहासलगायतका विषयमा बहस हुनेछ ।’ सम्मेलनमा यहाँको गेटा मेडिकल कजेलदेखि पश्चिमसेती परियोजनाबारे पनि बहस हुने उनको भनाइ छ ।

सुदूरपश्चिममा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनले यस क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने उनले विश्वास लिए । सम्मेलनमा विभिन्न नौ देशका प्राध्यापकको सहभागिता रहने छ । विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले सम्मेलनले सुदूरपश्चिममा रहेका थुप्रै सम्भावनाको उत्खनन गर्र्नेमा विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार