धनगढीमा जारी सुदूरपश्चिम महोत्सव पुष ५ गते सम्म सञ्चालन हुने

प्रकाशित : :

सुदूरपश्चिम महोत्सवको अवधि ३ दिन थप गरिएको छ । मंसिर २२ गते देखी पुष २ गते सम्म सञ्चालन भैरहेको सुदुरपश्चिम महोत्सवको अवधी ३ दिन थप भएको छ।

धनगढी १ पशुपती टोलमा सञ्चालन भैरहेको सुदुरपश्चिम महोत्सवमा दर्शकहरुको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधी ३ दिन थप भएको आयोजकले जनाएको छ। अब महोत्सब पुष ५ गते सम्म सञ्चालन हुने जनाइएको छ।

महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट