सडक सुरक्षाको जानकारी सहित कैलालीमा टीभीएसको एनओजी राइड

टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कैलालीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।

धनगढी : टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कैलालीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।

टिभिएसको धनगढीस्थित सो रुम बागेश्वरी अटोमोटिभ्सबाट सुरु गरिएको राइड अत्तरियाको बागेश्वरी मल्टिमोटर्स हुँदै गोदावरीको सालिनी बाटिका रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाका बारेमा जानकारी दिइएको थियो ।

त्यसक्रममा सहभागीहरूबिच एकतामूलक विभिन्न गेमहरू खेलाइनुका साथै विभिन्न मनोरञ्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरू पनि गरिएको थियो ।

राइडमा टीभीएस एन्टर्कका ३० जना महिला राइडर सहित ४० जना राइडरहरुका साथै मोडल तथा टिकटकर झरना बोहरा र टिकटकर लोकेश पाल ठकुरीलगायतको सहभागिता रहेको थियो ।टिभिएस एन्टर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबिचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको जगदम्बा मोटर्सकी मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।कम्पनीको नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूमा उच्च स्थान जमाउन सफल भएको छ ।

गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चताको उत्कृष्ट सेवाका कारण टिभिएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रूपमा स्थापित भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार