दौडेर रेल चढ्न खोज्दा धनुषामा लडेर एकको मृत्यु

Janakpur-Jayanagar railway

धनुषामा रेलले किचेर एक जना पुरूषको मृत्यु भएको छ।

जयनगरबाट-जनकपुर आउँदै गरेको रेलले किचेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए। 

उनका अनुसार चलिसकेको रेल चढ्न खोज्दा दुर्घटना भएको हो।

‘रेल चलिसकेपछि दौडेर चढ्न गए। हातले ढोका समाते तर थेग्न नसकेपछि लडेर घटनास्थलमै उनको मृत्यु भयो,’ उनले भने।

घटनास्थलमा मुचुल्का भइरहेको उनले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार