देशभर चिसो बढ्यो, तराईमा हुस्सु हटेन

हल्का वर्षाको सम्भावना

अहिले देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ।

दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ का हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।

प्रदेश १ र सुदूरपश्चिमका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार