एलाइन्स इन्टरनेशनल मोडेल स्कुल धनगढीले थाल्यो वार्षिक खेल सप्ताह

एलाइन्स इन्टरनेशनल मोडेल स्कुल धनगढीले थाल्यो वार्षिक खेल सप्ताह

धनगढी : “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल”  भन्ने मुल नाराका साथ कैलालीको धनगढीको एलाइन्स इन्टरनेशनल मोडेल स्कुल धनगढीले  वार्षिक खेल सप्ताह (बुधबार) बाट सुरु गरेको छ ।

एक हप्ता सम्म चल्ने सो खेल सप्ताहको उदघाटन एक औपचारिक कार्यक्रमका साथ बुधबार बाट शुरु भएको छ । कार्यक्रमको सभापतित्व विद्यालयका प्रबन्ध निर्देशक उत्तम सिंह भण्डारीले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सभापति भण्डारीले भने, “बिद्यार्थीहरुलाई बिद्यालयमा पढाएर मात्रै हुँदैन बिद्यार्थीहरुलाई मनोरञ्जन पनि चाहिन्छ ।”

तेसैले हामी शिक्षकहरुहरु बिद्यार्थीहरुलाई रामाएर कसरी अध्यापन गर्न सकिन्छ त्यस कुरामा बढी जोड दिनु पर्ने आजको आवश्यकता रहेको बताए । कार्यक्रमको संचालन शिक्षक नारायण निरौला गर्नु भएको थियो भने  अथितिमा  एलाइन्स प्लसटुका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । 

विद्यालयले बार्षिक रुपमा सञ्चालन गर्दै आइरहेको खेल सप्ताह विगत कोरोना महामारीका कारण गर्न नसकिएको र आगामीक दिनहरुमा  नियमित हुने जानकारी विद्यालयले जनाएको छ । 

विभिन्न विधाहरुमा अन्तर सदनात्मक खेलहरु खेलाइने र उत्कृष्ट खेलाडी हरुलाई नगरपालिका तथा जिल्ला स्तरिय खेल प्रतियोगिताहरूमा समाबेश गराइने समेत जानकरी गराउनु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार