पेट पाल्न चिया बेच्थे विश्वका महान् फुटबलर पेले

विश्वका महान् फुटबलर पेलेकाे निधनमा विश्वभरका खेलप्रेमीहरुले शाेक मनाइरहेका छन् । ८२ वर्षमा पेलेकाे निधन आज ब्राजिलकाे साओ पाओलाेमा भएकाे हाे ।

फुटबलका लागि पैसा थिएन

सन् १९४० मा ब्राजिलको मिनास ग्रासिया शहरमा उनको जन्म भएको थियो । उनी गरिब परिवारका एक सदस्य थिए । कतिसम्म गरिब थिए भने, उनीसँग फुटबल किन्नलाई पनि पैसा थिएन । उनी पत्रिका मोडेर मोजामा घुसार्थे र त्यसैको फुटबल बनाएर खेल्थे । यहीँबाट उनको फुटबल यात्रा सुरु भएको हो ।

पकेट खर्च र पेट पाल्नका लागि चिया बेचे

गरिबीसँग जुधिरहेका पेलेले आफ्नो स्कुले दिनमा पकेट खर्चका लागि एक चिया पसलमा काम गर्न थाले । दोकानमा काम गरेपछि उनी आफ्नो ध्यान पढाइमा लगाउँथे । यती हुँदाहुँदै पनि उनले फुटबल खेल्न भने छोडेनन् । गल्लीमा साथीभाइसँग फुटबल खेल्दै जाँदा उनको प्रतिभा पनि निखारिँदै गयो ।

पेलेको वास्तविक नाम

धेरै कमलाई थाहा होला कि, पेलेको खास नाम एडिसन हो । पेलेका पिता अमेरिकी महान् वैज्ञानिक थोमस एडिसनलाई मन पराउँथे । यसैकारण उनको नाम पनि एडिसन नै राखिदिए । कागजातमा पेलेको पूरा नाम एडिसन अराटेन्स डो नासिमेण्टो छ । पेले नाम पनि गल्तीका कारण रहेको हो । स्कुले दिनमा उनी स्थानीय खेलाडी बिलेसँग प्रभावित थिए । तब साथीहरुले पनि उनलाई बिले भनेर बोलाउन सुरु गरे । तर, बिले शब्दको सही उच्चारण हुन नसकेर साथीहरुले पेले भन्न थाले ।

तीन पटक वर्ल्ड च्याम्पियन बन्ने रेकर्ड

पेले मात्रै विश्वका यस्ता खेलाडी हुन्, जसको नाममा तीन पटक वल्र्ड कप जितेको रेकर्ड छ । उनले यो उपलब्धि सन् १९५८, १९६२ र १९७० मा हासिल गरेका थिए । पेलेले पहिलो अन्तर्राष्ट्रिय खेल ७ जुलाई १९५७ मा अर्जेण्टिनाविरुद्ध खेलेका थिए । तर, त्यतिबेला ब्राजिल १–२ ले हार्यो । यस्तै १९९९ मा पेले शताब्दीकै सर्वश्रेष्ठ खेलाडी बने ।

ब्युरो क्लबबाट करियन सुरु

सन् १९५३ मा पेलेले ब्युरो क्लबबाट आफ्नो करियरको सुरुवात गरेका हुन् । तीन वर्षपछि उनी ब्राजिलको सबैभन्दा ठूलो क्लब सातोंससँग जोडिए । त्यतिबेला उनको उमेर १८ थियो । करियरको अन्तिम चरणमा उनले तीन वर्षका लागि न्युयोर्क कस्मोस क्लबका लागि खेले ।

पेलेसँग जोडिएका नम्बर गेम

२ वर्ल्ड कप जित्ने विश्वका पहिलो फुटबलर १६ वर्षको उमेरमा पहिलो अन्तर्राष्ट्रिय गोल । ६१९ गोल सर्वाधिक सातोंस क्लबका लागि गरेको रेकर्ड । ७७ गोल सर्वाधिक ब्राजिलका लागि गरेको रेकर्ड ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार