पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो, प्रतिलिटर कति पुग्यो ?

पेट्रोलियम पदार्थ

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ कम गरेको छ ।

निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ।

यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो । यस्तै वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार