‘केही छिनको मस्तीले…’ (भिडियो)

‘केही छिनको मस्तीले…’ (भिडियो)

लागू पदार्थ दुर्व्यसनी रहित समाज निर्माणका लागि सम्पूर्ण विश्वभरिका मानव जातिहरू एकजुट बनौँ’ भन्ने नारासहित चर्चित चिकित्सक एवम् गीतकार /गायक डा. भोला रिजालले आफ्नो रचनामा नयाँ गीत ‘केही छिनको मस्तीले…’ को भिडियो सार्वजनिक गर्नु भएको छ । रिजालकै आधिकारिक युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा स्वरूपराज आचार्य, हिमाल सागर, रिमा गुरुङ र विष्णु चेम्जोङको स्वर रहेको छ भने संगीत र संगीत संयोजन मनोहर सुनमले गरेका छन् । मुलत तन्नेरी पुस्ता केही छिनको मस्तीमा लागू औषधको लतमा फस्ने गरेका छन् । यसले परिवार र समाजमा निम्त्याउने बिकृति बिसङ्गति र अपराधिक गतिविधिलाई रोक्न र लागू औषधको दूव्र्यसनीबाट बच्न यो गीत र भिडियोले प्रेरणा दिन्छ ।

गीतको भिडियोलाई सम्पादक बीरेन्द्र भाट विपिनले क्रियटिभ निर्देशन गर्नुभएको छ । उहाँले लागू औषध दुव्र्यसनीहरूको समस्या र त्यसबाट बच्ने उपायलाई निकै राम्ररी भिडियोमा उतार्नुभएको छ । भिडियोमा वीरेन्द्र भाट विपिनकै छायाँकन र सम्पादन पनि छ ।

याम गुरुङको निर्देशन रहेको यस म्युजिक भिडियोमा सञ्चिता लुइँटेल, कृष्णभक्त महर्जन, रमेश सोडारी, जङ्गमणि घिमिरे, वसन्तराज कुँवर, सरला रिजाल, नानीमैया अधिकारी, खेम बा, पारस पौडेल, रोशनी सुवेदी, लक्ष्मण खड्का, एभन घिमिरेलगायतका कलाकारको अभिनय छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार