रिलिज अगावै टिकटकमा चर्चित गीत ‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सनको भिडियो रिलिज

रिलिज अगावै टिकटकमा चर्चित गीत 'फुलैफुल दिन्छौ कि'को फिमेल भर्सनको भिडियो रिलिज

रिलिज अगावै टिकटकमा चर्चित गीत ‘फुलैफुल दिन्छौ कि’को फिमेल भर्सनको भिडियो रिलिज भएको छ । शिव परियारको स्वरमा रहेको रिमेक गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् ।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले संगीत भरेका हुन् । बिकास प्रसाईको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय रहेको छ ।

राग स्टुडियोमा तयार पारिएको गीतमा सुशिला पाठक प्रोडक्सन हेड, जितु तामाङको कलर, अजित आले र सञ्जय ढुंगाना एसोसियट निर्देशक, जितु तामाङको छायांकन, सगुन तामाङको आर्ट रहेको भिडियोलाई निर्देशक प्रसाईले सम्पादन गरेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार