रीमा र सविनको मुख्य भूमिकामा फिल्म ‘सिड्नी’ बन्ने

पाँच तारे होटल एभरेष्टमा नयाँ फिल्म ‘सिड्नी’को घोषणा गरिएको छ । देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्मले सिड्नी पुगेर त्यहाँको जीवन बाँचेका नेपालीहरुको कथालाई बोल्नेछ ।
अमर रसाइलीको प्रस्तुतिमा तयार हुने फिल्ममा भीमराज रसाइली निर्माताको रुपमा छन् ।

यो फिल्ममा नायक सविन श्रेष्ठ र नायिका रीमा विश्वकर्मा मुख्य भूमिकामा छन् । फिल्मका अन्य कलाकारको जानकारी केही समयपछि दिने निर्माणपक्षले बताएको छ ।

यो फिल्मको छायांकन ३ महिनापछि हुने बताइएको छ । नेपाल र अष्ट्रेलियामा फिल्म खिचिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार