प्रधानमन्त्री ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने, नयाँ मन्त्रीहरूको शपथ पनि आजै

नयाँ मन्त्रीहरूको शपथ आज

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लागेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ। सोमबार राति बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले दलहरूबीच मन्त्रालयको बाँडफाट टुङ्ग्याएको हो।

सत्ता साझेदार दलका प्रमुख रहेको संयन्त्रको बैठक बस्नुअघि हिजाे बिहान प्रधानमन्त्री र संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएको थियो।

दुई नेताबीच भएको छलफलपछि बसेको बैठकले मन्त्रालयको भागबण्डा टुङ्ग्याएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेले ८ वटा मन्त्रालयसहित दुई राज्यमन्त्री पाउने भएको छ।

माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री, राप्रपाले र रास्वपाले ३३ मन्त्री र एकएक राज्यमन्त्री पाउने भएका छन्।

जसपालाई दुईवटा मन्त्रालय दिन गठबबन्धनमा आबद्ध दल सहमत भएका छन्। उसले आफूलाई तीन मन्त्रालय दिनुपर्ने माग राखेको छ। उपप्रधानमन्त्री रवि लामिछानेका अनुसार मंगलबार दिउँसो १ बजे मन्त्रीहरूको शपथ ग्रहण तय भएको छ।

दलहरुबीच भएको समझदारी अनुसार एमालेले अर्थ, कानुन, परराष्ट्र, भुमिसुधार, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पाउने भएको छ। त्यस्तै एमालेले राष्टपति र सभामुख पाउने सहमति यसअघि नै भइसकेको छ।

माओवादीले भौतिक पूर्वाधार तथा यातायात, पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउनेछ।

त्यस्तै, रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएको छ।

राप्रपाले उर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाएको छ। जसपालाई वन र अर्को एक मन्त्रालय दिने सहमति भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार