साहरुखका ५०० फ्यानले नेपालमा एकसाथ पहिलो शोमा ‘पठान’ हेर्ने

साहरुखका ५०० फ्यानले नेपालमा एकसाथ पहिलो शोमा ‘पठान’ हेर्ने

काठमाडौँ : बलिउड अभिनेता साहरूख खानको फिल्म ‘पठान’ जनवरी २५ मा रिलिज हुने तयारीमा छ। ४ वर्षपछि पर्दामा फर्किन लागेका बलिउड नायक साहरुख खानको नयाँ फिल्म ‘पठान’लाई लिएर दर्शक र उनका फ्यानहरू माझ उच्च क्रेज रहेको छ ।

यसै क्रममा साहरुखको ‘यस आर के युनिभर्स नेपालका’ फ्यानहरूले नेपालमा पठान को पहिलो दिनको पहिलो शोज हेर्ने तयारी गरेका छन् । जसअनुसार, पहिलो दिनमा साहरुखका ५०० फ्यानले विभिन्न सहरमा फिल्म हेर्ने तयारी गरेका हुन् ।

त्यसै गरी भारतका २ सय सहरमा यसै क्लबका साहरुखका ५० हजार बढी फ्यानहरूले पहिलो दिनको पहिलो शोज हेर्दै छन् ।

सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्मलाई लिएर दर्शकमा उत्साह छ । फिल्मले पहिलो दिनमै ४० करोड आसपासको व्यापार गर्ने अड्कल लगाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

67%

खुसी

0%

दुःखी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार