२९ मत प्राप्त गर्दै तेस्रो प्रयासमा सभामुख बने माओवादी प्रदेश सभा सांसद भण्डारी

२९ मत प्राप्त गर्दै तेस्रो प्रयासमा सभामुख बने माओवादी प्रदेश सभा सांसद भण्डारी

तेस्रो प्रयासमा नेकपा माओवादीका भीमबहादुर भण्डारी सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा निर्वाचित भएका छन् । सभामुख चयनका लागि मंगलबार भएको प्रदेशसभामा भएको निर्वाचनमा २९ जना सांसदको समर्थनमा भण्डारी सभामुखमा निर्वाचित भएका हुन् ।

सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलको पक्षमा २० मतमात्रै रह्यो । यसअघि दुईपल्ट भएको सभामुख निर्वाचनमा दुबै उम्मेदवारले बहुमत जुटाउन नसक्दा सभामुख चयन हुन सकेको थिएन । भण्डारीलाई माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ संसदले समर्थन गरेका थिए ।

रावललाई कांग्रेसका १९ तथा समाजवादीका ४ सांसदले साथ दिने भनेपनि २० मत मात्र पाए । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराएका हुन्।

भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनमा विजयी भएका हुन्। सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले कुनै पनि दलमा आवद्ध नभएको घोषणा गरेका छन् ।

यस्तै, प्रदेश सभाको प्रथम अधिवेशनको चौथो बैठकबाट सभामुखमा निर्वाचित भण्डारीले कार्यकाल सम्हालेसंगै पाँचौं बैठकमा कुनै पनि दलप्रति आवद्ध नरहेको घोषणा गरेका हुन । उनले दोस्रो कार्यकालमा बहुमतले निर्वाचित गरेकोमा प्रदेश सभा सदस्यहरुलाई हार्दिक आभार व्यक्त गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार