डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा वात्साल्या र लिटिल फ्लवार विजयी

धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इङ्लिस स्कुलले जित हात पारेका छन् ।

धनगढी : धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इङ्लिस स्कुलले जित हात पारेका छन् ।

बिहान भएको खेलमा बाल्साल्याले कैलाली विद्या निकेतनलाई ६ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको कैलाली विद्या निकेतनले ५८ रन बनाएको थियो । उसका मुकेश शाहले १९, महेन्द्र विष्टले ८, निशान उपाध्यायले ९ रन जोडे । बात्साल्याका विक्रम चन्दले ४ तथा निरज सिंह कार्कीले ३ विकेट लिए ।

यस्तै जवाफी ब्याटिङमा बात्साल्यले ६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटायो । उसका विक्रम चन्दले २६ र रोहन दियालले ७ रनको पारी खेले । अतिरिक्त मार्फत बात्साल्याले २० रन पायो । कैलालीका मुकेश साहले ३ किवेट लिए ।

दिउँसो भएको खेलमा लिटिल फ्लवार इङ्लिस स्कुलले त्रिनगर सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको त्रिनगरले ११.६ ओभरमा सबै विकेट गुमाएर ४७ रन बनाएको थियो । उसका प्रेम कुन्जेडाले १६ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन ।

लिटिल फ्ल्वारका रोशन रावल र सुवोध तिवारीले समान ३–३ विकेट लिनुभयो । त्यसबाहेक सचिन भट्ट र आशिष साहुले २–२ विकेट हात पारे ।

जवाफी ब्याटिङमा लिटिल फ्ल्वारले ३.२ ओभरमा विना कुनै विकेटको क्षतिमा लक्ष्य भेटायो । उसका आरिष बोहले ३० तथा यशकुमार कठायतले ८ रन जोड्नुभएको थियो । खेलको म्यान अफ द म्याच लिटिल फ्ल्वारका रोशन रावल भए । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए ।

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् । डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार