अनमोलले छाडे ‘एक्स नाइन’

अनमोलले छाडे ‘एक्स नाइन’

मुकुन्द भट्टको निर्देशनमा बन्ने भनिएको एक्सन थ्रिलर फिल्म ‘एक्स नाइन : लेभल वान’ बाट नायक अनमोल केसी बाहिरिएका छन् । ‘एक्स नाइन’ एक वर्ष अगाढी नै बन्ने भनेर चर्चामा आएको थियो । एक्स नाइनमा अनमोललाई मुख्य कलाकारको रूपमा प्रवेश गराइएपछि अझै फिल्मको चर्चा भएको थियो ।

अनमोल अनुबन्धित भएपछि अनमोलले एक वर्ष सम्म यो फिल्मकै लागि भनेर आफूलाई फिल्म को क्यारेक्टर अनुसार शारिरीक रुपमा पनि फिट बनाएका थिए ।

उनले फिल्मका लागि दिएको समय सीमा समाप्त भएपछि सो रकम फिर्ता दिँदै अब नखेल्ने निर्णय गरेका हुन् । लिड एक्टरले नै फिल्म छाडेपछि ‘एक्स नाइन : लेभल वान’को भविष्य अन्योलमा परेको छ ।

निर्देशक भट्टले गत पुसबाट छायाकंन गर्ने गरी अनमोल सँगै फिल्ममा अभिनेता सौगात मल्ल, पुष्प खड्का, निश्चत बस्नेत, राज कटुवाल लगायतका कलाकारलाई अनुबन्धित गर्दै साइन गराएका थिए ।

नीतिले अनमोल र प्रदिप खड्का सँग फिल्ममा देखिने चाहाना सुनाइरहेका बेला नायिकाका लागि भनेर मोडल नीति साहलाई समेत १० लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित गराइएको थियो र उनको डेव्युको चर्चा समेत चलेको थियो तर अनमोल नै बाहिरिएपछि यो फिल्म अब नबन्ने सम्भबना बढेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार