सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको असर, बाजुरा र बझाङमा घर भत्किए

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको असर, बाजुरा र बझाङमा केही घर भत्किए

बाजुरा : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको हिमाली गाउँपालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  मङ्गलवार दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

सुदूरका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ। भूकम्पपछि स्थानीयहरू घरबाहिर निस्किएका छन्।  भूकम्पको पराकम्प सुदूरपश्चिमका पहाडी तथा तराईका जिल्ला कर्णालीका अधिकांश जिल्ला र भारत तथा चीनका केही स्थानमा महसुस गरिएको छ। 

बडिमालिका नगरपालिका ७ रजाताेलीका हरिचन्द पाध्या र साेही नगरपािलका ८ का हर्क गुरुग र बिरजिते चदाराका घरहरु भत्किएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । भने, बडिमालिका ७ सिराडीमा पनि एक घर भत्किएको र मानवीय क्षती नभएको जनाईएको छ ।

यस्तै, बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भूकम्पले भत्काएको छ। उक्त भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो। चैनपुरस्थित एक होटेलको छतमा बनाइएको मन्दिर भूकम्पले भत्केको छ। 

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार