नसानाडीको छायाङ्कन सुरु ( भिडियो सहित)

हास्य टेलिश्रृंखला नसानाडी
तस्बिर: जमुना साउँद

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको जनचेतना सञ्चार समूहद्वारा सञ्चालित हाँस्यटेली शृङ्खला नसानाडीको छायाङ्कन सुरु गरिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ९ मा रहेको राजघाटलाई मुख्य छायाङ्कन स्थल बनाएको नसानाडी टिमले बिहीबार पहिलो भागको छायाङ्कन गरेको हो ।

उक्त सिरियलले समाजमा भएका विकृति, बेसङ्गति, सुदूरपश्चिमको भेसभुसा भाषा संस्कृतिलाई जगेर्ना गर्ने, यहाँको रहनसहन लगायतका कुराहरूलाई व्यङ्ग्यात्मक तरिकाले पर्दामा उतार्ने संस्थाका अध्यक्ष विजय राज जोशीले जानकारी दिए ।

यस्तै, नसानाडीको कथा÷पटकथा÷संवाद÷लेखन र निर्देशन निखिल आचार्य, दीर्घ शाही र विजय जोशीले गर्ने छन् । भने सो सिरियलको छायाङ्कन देवेन्द्र पाण्डेले गरेका छन् । सिरियलको प्रसारण ’न्युज नेपाल टेलिभिजन’ ले गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।

यस्तै, नसानाडीको आउँदो फागुन १५ गते सोमवार राती ८ बजे देखि प्रत्येक सोमवार सोही समयमा प्रसारण हुने छ । भने सिरियलमा निखिल आचार्य, दीर्घ बहादुर शाही, सुदिप थापा,विजय राज जोशी, नरेश प्रसाद जोशी, मोहन पनेरु,सुरज चन्द,जमुना साउँद, सिता चौधरी, सृजना भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यसै गरी नसानाडीको ओपनिङ गीतमा स्वर सङ्गीत÷सङ्गीत संयोजन वसन्त साधकले रफिमेल आवाज निशा दहितले दिएकी छन्।

सुटिङ स्थलको भिडियो हेर्नुहोस् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार