पहिलो खेलमा एसपीए पराजित

पहिलो खेलमा एसपीए पराजितपहिलो खेलमा एसपीए पराजित

लखनउ : भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पहिलो खेलमा धनगढीको एसपीए कलेज पराजित भएको छ ।

लखनउस्थित मल्टिएक्टिभिटी सेन्टरको मैदानमा शुक्रबार भएको खेलमा उत्तराखण्डको अमिनेटी पब्लिक स्कुलसँग एसपीए ११९ रनले पराजित भयो ।

अमिनेटीले २२७ रनको विशाल लक्ष्य पछ्याएको एसपीए १५.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमा समेटियो । एसपीएका लागि ओपनर सचिन सावदले २६ रन बनाए । ३० बलमा उनले ४ चौका प्रहार गरे ।

यस्तै कप्तान आशिष लुहारले २१ रन बनाए । आक्रामक खेलेका उनले १४ बलमा ३ चौका प्रहार गरे । त्यसबाहेक बसन्त कार्कीले १० बलमा २ चौका र एक छक्कासहित १८, विपिन रावलले ९ बलमा ३ चौकासहित १२ रन जोडे । सुर्य श्रेष्ठ १२ रनमा नटआउट रहे ।

अमिनेटीका सशांक पन्तले ४ तथा विनित धनखरले ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको अमिनेटीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २२६ रन बनाएको थियो । उसका अभिशेक सिवासले ७४ रनको अर्धशतकीय पारी खेले । ३९ बलमा उनले ८ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै अभिशेक शर्माले २८, विपुल कम्बोजले ४१, जस्मित नैनले १८ रन जोडे ।

एसपीएका सचिन साउदले ३ विकेट लिए । ४ ओभरमा उनले ४३ रन खर्चे । यस्तै निशान रेग्मीले २ तथा विजेन्द्र चन्द र सुर्य श्रेष्ठले समान १–१ विकेट लिए ।

एसपीएले अब आइतबार जिम्बाबेको लेजेन्ड कम्बाइन्ड स्कुलको टोलीसँग खेल्नेछ ।

विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाएका छन् ।

लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा भइरहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

13%

खुसी

75%

दुःखी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार