लखनउमा एसपीएलाई मोस्ट कोपरेटिभ अवार्ड

लखनउमा एसपीएलाई मोस्ट कोपरेटिभ अवार्ड

धनगढी : कैलालीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)ले भारतको लखनउमा भएको छैटौं इन्टरनेशनल क्रिकेट लिगमा मोस्ट कोपरेटिभ(सहयोगी) टिम अवार्ड जितेको छ।

गिनिज बुकमा नाम लेखाएको विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा लखनउमा बुधबार सम्पन्न लिगको समापन समारोहमा एसपीएले उक्त अवार्ड प्राप्त गरेको हो।

प्रतियोगितामा सहभागी नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका १५ टोलीलाई पछि पार्दै एसपीएले अवार्ड पाएको थियो।

एसपीएकाले मैदानभित्र र बाहिर उत्कृष्ट खेल भावना प्रदर्शन गरेको जनाइएको छ। अवार्ड प्राप्त गरेपछि खुशी व्यक्त गर्दै एसपीए टोलीका प्रशिक्षक भागिराम बखरियाले यसले देशकै गौरव बढेको बताए।

‘हामी यहाँ एउटा कलेजमात्रै नभएर नेपालकै प्रतिनिधित्व गरेका आएका थियौं,’ उनले भने, ‘हामीले आफ्नो खेलभावनाको सम्मान गर्दै सहयोगीपन देखाएका छौं। अवार्डले नेपालीहरु सहयोगीभावनाका हुन्छन भन्ने सन्देश दिएको छ।’

लिगचरणमा दुई खेलमा हार ब्यहोरेपनि अन्तिम खेलमा सान्त्वना जित हात पारेको एसपीएले कोलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई ११० रनले पराजित गरेको थियो।

खेलको म्यान अफ द म्याच एसपीएका सौर्य श्रेष्ठ पाए। । यस्तै उनले वेस्ट सिक्सेस अवार्ड पनि हात पारेका छन्। त्यसबाहेक खेलको मोस्ट भ्यालुएबल प्लेयर एसपीएकै अजयसिह कडाल चुनिएका थिए। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार