घोषणा अनुरूप नागरिक उन्मुक्ति पार्टीद्वारा लम्की बाट प्रदर्शन सुरु (भिडियो)

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहाको माग गर्दै कैलालीको लम्कीमा प्रदर्शन गरेको छ । केही बेर अघि उक्त पार्टी सम्बद्ध नेता कार्यकर्ताले लम्की बजारमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

र्‍यालीमा सहभागीहरूले ‘रेशम चौधरी को रिहाई गर’, ‘माननीय अरुण चौधरी रिहाई गर’, ‘जनमतको कदर गर’ लगायतका नारा लगाएका छन् । र्‍याली पछि आयोजित कोण सभालाई पार्टीका प्रवक्ता दामोदर पण्डित,प्रदेश सांसद रामेश्वर चौधरी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने उक्त पार्टीले चेतावनी समेत दिएको छ ।  यस अघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।

बाँकेको कोहलपुरबाट बिहीबार सांसद चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो । ट्र्याक्टर जलाएको मुद्दामा १० वर्षदेखि नागरिक उन्मुक्तिबाट सांसद बनेका चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो । चौधरी अहिले कैलाली कारागारमा छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार