जयपृथ्वी नगरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सुरु 

जयपृथ्वी नगरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगिता सुरु 
तस्बिर :- नरेन्द्र उपाध्याय

बझाङ : जयपृथ्वी नगर पालिकाको आयोजनामा नगर स्तरीय राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता आज देखि सुरु भयको छ । जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालको सभापतित्वमा सम्पन्न भयको कार्यक्रमको उद्घाटन सत्रमा बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, जिल्ला खेलकुद समिति अध्यक्ष, तिन ओटै सुरक्षा निकायका प्रमुख, नगरपालिकाका ११ ओटै ओडाका वडाध्यक्ष , नगरपालिकाको नगर कार्यसमितिका सदस्य लगायत विभिन्न शैक्षिक क्षेत्रका  व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

आज देखि सुरु भयको प्रतियोगितामा नगरपालिकाका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । कार्यक्रममा नगरप्रमुख चेतराज वजालले भलिबल खेलमा सर्भिस दिएर खेलकुद कार्यक्रमको उद्घाटन गर्नु भयको थियो । सो अवसरमा बोल्दै बजालले नगरपालिकामा नगर स्तरीय खेलमैदान निर्माणका लागि आफूले पहल थाल्ने बताउनु भयको थियो । 

वडा नॅ ११ का वडाध्यक्ष सर्जन थापाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सत्यवादी माविका प्र अ रामदत्त उपाध्याय,कार्यपालिका सदस्य सरस्वती जोशी, पत्रकार महासॅघ जिल्ला शाखा अध्यक्ष शैलेन्द्र रोकाया, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेन्द्र कठायत , जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकाया , प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे,नगर प्रमुख चेतराज वजाल   लगायतले मन्तव्य व्यक्त गर्नु भयको थियो । 

भने कार्यक्रमको सॅचालन  देवेन्द्र जोशीले गर्नु भयको थियो । प्रतियोगिता सत्यवादी मावि भोरपुरमा सॅचालन भई रहेको छ । प्रतियोगितामा भलिबल , छोटो तथा लामो दौड, हाई जम्प लङ जम्प सट पुट, ज्याभलिन थ्रो लगायतका खेलहरू आयोजना हुनेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार