एलपीएलमा लिग चरणका खेल सम्पन्न

एलपीएलमा लिग चरणका खेल सम्पन्न

धनगढी : कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा लिग चरणका खेल सम्पन्न भएका छन् । मङ्लबार लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय तेघरीले शारदा विद्या निकेतन धनगढी विरुद्ध सान्त्वना जित दर्ता गरेको छ । 

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ७ विकेट क्षतीमा ११६ रन बनायो ।  

शारदाको ब्याटिङमा ओपनर हृदय बिठारीले सर्वाधिक ३६ रन बनाए । गोविन्द बिस्टले १६ तथा कृष्ण भट्टले १५ रन बनाए । 

सैनिकका बलर सागर चन्द र रवीन्द्र कार्कीले २र२ विकेट तथा सुनिल चन्द, निशान्त भट्ट र सन्दीप बिस्टले १/१ विकेट लिए। 

यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो । 

सैनिकका ओपनिंग ब्याटर सन्दीप बिस्टले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ४५ बलमा ८ चौका प्रहार गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । विशाल ऐरले २३ रन बनाए । 

शारदाको बलिङतर्फ नाग राज सिंह, अशोक धामी र आयुष खड्काले २र२ विकेट लिए । 

प्रतियोगिता अन्तर्गत दुवै सेमिफाइनल खेल बिहीबार हुनेछन् । पहिलो सेमिफाइनलमा लिटल फ्लावर स्कुल धनगढी र लोटस आई स्कुल अत्तरियाबिच तथा दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमी अत्तरिया र नव बाल बाटिका बौनियाबिच हुनेछ। फाइनल खेल शनिवार हुने छ । 

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार