छैटौँ प्याब्सन धनगढी फेस्टिभल तथा चौथो प्याब्सन क्रिकेट कप हुने

छैटौँ प्याब्सन धनगढी फेस्टिभल तथा चौथो प्याब्सन क्रिकेट कप हुने

धनगढी :  प्याब्सन धनगढीको आयोजनामा फागुन ६ गतेदेखि छैटौँ प्याब्सन धनगढी फेस्टिबल तथा चौथो प्याब्सन क्रिकेट कप हुने भएको छ । आज आयोजक प्याब्सन धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएको हो ।

फागुन १४ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा ३२ वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाउको छ ।

धनगढीमा क्रिकेट तथा खेलकुदको चहलपहल बढाउने, यहाँका क्रिकेट खेलाडी र अन्य खेलाडीलाई खेलप्रति उत्प्रेरित गराउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिन लागेको प्याब्सन धनगढीले जनाउको छ । प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय एघार र द्वितीय पुरस्कार ५१ हजार एक सय एघार रहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार