कैलालीमा स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशाबारे नागरिक स्तरमा छलफल

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्थापना र सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ ।

धनगढी: कैलालीमा स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यदिशाबारे नागरिक स्तरमा छलफल हुन थालेको छ। कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय भावी कार्यदिशा बारे सुदूरपश्चिमका नागरिक स्तरमा छलफल हुन थालेको हो।

सरकारले झन्डै दुई साताअघि गेटामा बन्दै गरेको मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। सो विश्वविद्यालय स्थापनाका लागि निक्कै दबाबमूलक काम गरेका निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्टको उपस्थितिमा धनगढीमा भावी कार्यदिशा र हाम्रो दायित्व बारे छलफल भएको हो। शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय गेटा कैलालीमा स्थापना गर्नका लागि सहयोग गर्ने र भूमिका खेल्ने सवै व्यक्ती, संघ संस्था र सरकारहरूलाई धन्यवाद दिएको छ। छलफलमा निम्न कामहरू समय भित्रै गर्न गराउन अनुरोध गरेको छ।

विशेषतः विधेयक, बजेट, व्यवस्थापन र प्राविधिक पाटो लाई सरकार यसै आ.व .मा सम्वोधन गर्ने ,विधेयकलाई स्पष्ट र अधिकार क्षेत्रलाई दोहोरो तेहोरो नवनाउने गरि विधेयकको सककरचना निर्माण गर्ने,सरकार र पार्टीहरूले  विश्वविद्यालयलाई उच्च स्तरको राष्ट्रिय शैक्षिक उपलब्धिको रुपमा लिन सहमत हुनेगरि काम गर्ने, यस्लाई यो वा त्यो रूपमा विगार्ने, तुहाउने, असफल वनाउने सम्भावनाका विरूद्व सामाजिक र राजनीतिक केम्पिङ चलाउने, यस्लाई लामो समय बहष र प्रतीक्षाको विषय नवनाई अविलम्ब कार्यान्वयनको तहमा जान सरोकार वाला सवैले खट्टे र जुट्ने,चिकित्सा विश्वविद्यालय हुन सक्दैन भन्ने जुनसुकै मतका विरूद्व एकजुट हुने लक्ष्य लिएको छ।

यस्तै मिडिया, बौद्धिक समुदाय, राजनीतिक कर्मी, विद्यार्थी , नागरिक समाज र आम जनतालाई गोलबन्द गर्ने बारेमा छलफल भएको छ।सो अवसरमा बोल्दै निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्टले विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पर्ने ऐन बनाउन फेरि दबाब दिनुपर्ने, स्वदेश र विदेशमा चिकित्सा शास्त्र पढाउने सुदूर पश्चिमेलीको खोजी गरेर यही पढाउन लगाउने वातावरण बनाउनु पर्ने, शिक्षा मन्त्रालय अन्तर्गतका पुराना अस्पताल र नयाँ अस्पताललाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको मातहतमा ल्याउनु पर्ने आवश्यकता औँल्याए।

अधिकांश भौतिक संरचना बनिसक्दा पनि कसरी मेडिकल कलेज वा विश्वविद्यालय सञ्चालन गर्ने भन्ने बारेमा रहेको अन्योल हटाउन माग गर्दे आन्दोलित लोकराज पाण्डेले सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय घोषणा गरेर महत्त्वपूर्ण काम गरेको भए पनि चाँडै कार्यदिशा सहित घोषणा कार्यान्वयन गर्नुपर्ने बताए।

सो विश्वविद्यालयको फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थलगत अध्ययन गर्नु भएको थियो। स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रतिनिधि सभाबाट आवश्यक ऐन बनाउन पनि बाँकी छ। प्रधानमन्त्रीले पटक पटकका छलफलमा ती काम द्रुत गतिमा हुने आश्वासन दिँदै आउनु भएको छ।

सो विश्वविद्यालयका संरचना निर्माणका लागि पाँच अर्ब ४१ करोड रुपियाँ खर्च भइसकेको गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। अझै साढे दुई अर्ब जति संरचना निर्माणमा खर्च हुने अनुमान छ। सुदूरपश्चिम बाहेकका प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन् तर सुदूरपश्चिममा एउटै पनि मेडिकल कलेज नहुँदा यहाँका नागरिक राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने वातावरण बनाउन सङ्घर्षरत छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार