बैङ्कहरूको चर्को ब्याज दर विरुद्ध सुदूरपश्चिमका व्यवसायी, १८ गते बैङ्कमा ‘नो डिपोजिट’

सुदूरपश्चिममा बैङ्कहरूको चर्को ब्याज दरका विरुद्ध सङ्घर्ष गर्दै आएका उद्योग वाणिज्य सङ्घहरूले थप आन्दोलन गर्ने घोषणा गरेका छन् ।

धनगढी: सुदूरपश्चिममा बैङ्कहरूको चर्को ब्याज दरका विरुद्ध सङ्घर्ष गर्दै आएका उद्योग वाणिज्य सङ्घहरूले थप आन्दोलन गर्ने घोषणा गरेका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघ (सुदूरपश्चिम प्रदेश)को अभिभावकत्वमा र कैलाली उधोग बाणिज्य संघको आतिथ्यतामा, कंचनपुर ,टिकापुर,अत्तरिया ,पुनर्वास ,बेलौरी,सुक्लाफाटा ,गौरिगंगा उधोग बाणिज्य संघका प्रतिनिधी, विभिन्न बस्तुगत संघका प्रतिनिधीहरुको संयुक्त उपस्थितिमा बसेको बैठकले यस्तो घोषणा गरेको हो।

संघर्षका कार्यक्रमहरु यस्ता रहेका छन :

१.सबै जिल्ला/नगर उ.बा .संघहरुले १४ गतेका दिन संघर्षका कार्यक्रमहरुको प्रचार/प्रसार (सुचना प्रकासित या पत्रकार सम्मेलन गर्ने ।

२.फाल्गुन १५ गते देखि प्रत्येक दिन बिहान ११ बजे सम्मलाई बजार बन्द गर्ने र उक्त समयमा प्रत्येक दिन बिरोध र्याली गर्दै उक्त बिरोध र्याली हरेक दिनमा विभिन्न निकायमा(कहिले राष्ट्र बैंक ,कहिले जिल्ला प्रशासन ,कहिले कुनै एक बैंक कुनै दिन अर्को बैंक) गएर कोण सभा गर्दै समापन गर्ने।

३.फाल्गुन १८ गतेका दिन बैंकमा no deposit गर्ने ।

४.फाल्गुन २० गते सम्म प्रदेश भरिका सबै उ.बा संघहरुले संघर्ष समिती निर्माण गर्ने र सो को जानकारी प्रदेश महासंघलाई जानकारी गराउने ।

५.यो महिना भित्र पनि पनि माग सम्बोधन नभए अझै संयुक्त छलफल गरि थप ससक्त आन्दोलन गर्ने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार