SKIP THIS

S.P.A  Collage

सुदूरपश्चिमका व्यवसायी चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलनमा, दैनिक ११ बजेसम्म बजार बन्द

सुदूरपश्चिमका व्यवसायी चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलनमा, दैनिक ११ बजेसम्म बजार बन्द

धनगढी: सुदूरपश्चिमका उद्योग व्यवसायी चर्को ब्याजदर विरुद्ध भोलि देखी चरणबद्ध आन्दोलनमा जाने भएका छन्। कैलाली उद्योग वाणिज्य सङ्घले आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने जनाएका छन्।

पटक पटक चर्को ब्याजदर विषयमा कुरा उठाइए पनि सरकारले कुनै चाँसो नदेखाएको उनीहरुको भनाई छ।आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्न बाध्य भएको उनीहरुको भनाई छ।

बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले भोलिदखी चरणबद्ध आन्दोलन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।

भोलि सोमबार बिहान ९ बजे देखी धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने, बिहान ११ बजे सम्म बजार बन्द गर्ने, २० गते सम्म बैङ्कमा बचत नगर्ने लगायतका आन्दोलन कार्यक्रम रहेका छन्।

थप विज्ञप्ति मार्फत :

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार