१५औ अन्तरास्ट्रिय ह्विल चियर दिवस धनगढीमा भव्यताका साथ सम्पन्न

धनगढी: १५ औ अन्तर्राष्ट्रिय व्हिल चियर दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना र सामाजिक विकास मन्त्रालय र विभिन्न सहयोगि संघ संस्थाको सहयोगमा कार्यक्रम प्रथम पटक भय पनि सौहार्द वातावरणमा समपन्न भयको छ। प्रभात फेरि कार्यक्रम धनगढीको पार्क मोड बाट मौन रयाली शुरु भई आस्था होटेलको हलमा औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन उप सचिव विश्वदिप बेस्रा, विशिष्ट अतिथि राष्ट्रिय मानव अधिकार आयोग शुदुर पश्चिम प्रदेशका प्रमुख हरि ज्ञवाली,अतिथिमा पुर्व संघिय सदस्य रुपा राई, पुर्व अध्यक्ष भिम बहादुर शाह, धनगढी उ म न पा वडा नं २ का अध्यक्ष धर्मराज ओझा,सामाजिक विकासमन्त्रालयका विन्दु चटौत, धनगढी उप महानगरपालिका महिला शाखाका पंकजा जोशि नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष तेज बहादुर सिह, नेपाल अपांग संघका केन्द्रीय सदस्य रामचन्द्र जोशि, नेपाल पत्रकार महासंघका सदस्य कैलाश जोशि, नेपाल शिक्षक महासंघका पुर्व अध्यक्ष मदन बहादुर बम, पत्रकार भवानी ऐर, पत्रकार जगत विक, पत्रकार भिम विक, संचारकर्मी चन्द्र प्रकाश जोशी, पत्रकार मान व थापा , कोशिसका खडक वड, परिलक्षित कैलालीका पुष्पा रोकाया, बास नेपालका प्रमुख, अपाङ्गता अधिकारकर्मी अनिता ढुङ्गाना, बलराम पन्त, बिष्णु जोशि, अनिल मल्ल, राम प्रशाद जोशि,निलम विष्ट,गोदावरि बाट जयलाल चदारा, अत्तरिया बाट टीका पुरी, मान बोहरा, रमेश कडेल,सु प समावेशी स्कुलका भाइ बहिनि, कर्मचारी साथिहरु सहयोगि भाइ ईन्द्र पाली, ईलाका प्रहिर कार्यालय,ट्राफिक प्रहरी कार्यालयका सरहरु लगायत ७० जनाको महत्वपुर्ण उपस्थिति रहेको कार्यक्रममा बक्तृत्वकला प्रतियोगिता र समाजसेवि उधोगपति किसान ट्रेडर्सका मालिक मोहमद ज्युले ४ थान सु प का बालबालिका हरुलाई व्हिलचियर वितरण गर्नु भएको थियो।

जसलाई समन्वय सहकार्य अध्यक्ष धर्मराज ओझाले गर्नु भयको थियो। बक्तृत्वकला प्रतियोगितामा जजको काम मदन बहादुर बम, अनिता ढुङ्गाना र कृष्ण प्रसाद भण्डारी ले गर्नु भयको थियो।

यस्तै, कार्यक्रममा प्रथम टीका पुरी, दित्तिय राम प्रशाद जोशि, तृतिय लक्ष्मण विक र सान्तोनामा अशोक राना हुनु भयो। उहाहरुलाई प्रमाण पत्र खादा अविर र नगद पुरस्कार बाट बधाई प्रदान गरियको थियो। कार्यक्रममा सहयोग गर्ने सबै निकायलाई प्रमाण पत्र र खादा अविरले सम्मान गरिनुका साथै केही पाहुनाहरु लाई मायाको चिन्हो हस्तान्तरण गरियको कार्यक्रममा स्वागत मन्तव्य भिम बहादुर शाहले गर्नु भयको कार्यक्रमको संचालन प्रदेश व्यवस्थापक प्रिया खडकाले गर्नु भयको थियो। भने अन्तमा कार्यक्रमको समापन कार्यक्रमका सभाध्यक्ष मान बहादुर साउदले छोटो समयमा गरेको कार्यक्रम पहिलो कार्यक्रम भयपनि एकदमै उत्साहजनक र प्रभावकारी भयको भन्दै सहयोगी हातहरु र अतिथिहरु र सहभागीहरु लाई धन्यवाद प्रदान गर्दै कार्यक्रमको समापन गर्नु भयको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार