पत्रकार महासंघ कैलालीले भन्यो, ‘PRESS’ लेखेका सबै सवारी पत्रकारका हैनन

'PRESS' लेखेको हटाएर आफु कार्यरत सस्थाको 'लोगो' नाम भएको 'स्टिकर' लगाउन निर्देशन ।

धनगढी : धनगढीमा पत्रकार महासंघ कैलालीले मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको छ । पत्रकार महासंघ कैलालीले शनिबारबाट मोटरसाइकलमा प्रेस लेखेको हटाउन थालेको हो ।

गाडीमा प्रेस लेख्न नपाइने, लेख्ने चाहनेले आफ्नाे काम गर्ने मिडियाकाे नाम उल्लेख गर्नु पर्ने पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जाेशीले बताए । यो कार्यलाई अभियानको रुपमा अघि बढाएको उनले बताए ।

गाडीमा प्रेस लेखेका सवारधनीले तत्काल हटाउन पत्रकार महासंघ कैलालीले निर्देशन दिनुका साथै ट्राफिक प्रहरी कार्यालय कैलाली लाई कडाईका साथ चेक जाँच गरि उक्त अभियान सफल पार्न सहयोग गर्न समेत आग्रह गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार