पठाओ नेपालका कर्मचारी र ग्राहकलाई चिरायु डेन्ट केयरमा दन्त उपचारमा विषेश छुट

काठमाडौं : बानेश्वरको थापागाउँमा रहेको चिरायु डेन्ट केयर एसोसिएटस् र पठाओ नेपाल प्राइभेट लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पठाओका प्रयोगकर्ता , पठाओका राइडर र कर्मचारहरुलाई चिरायु डेण्ट केयर र यसका सिस्टर्स अर्गनाईजेशनले चिरायु डेन्ट केयरमा दन्त परीक्षण तथा उपचार गर्दा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सो समझदारीपत्र हस्ताक्षर पश्चात् पठाओ प्रयोगकर्ता र राइडर लाई दन्त उपचारमा १० प्रतिशत र कर्मचारीहरुले २०% आकर्षक छुट पाउनेछन् ।
मंगलबार काठमाण्डौमा आयोजित कार्यक्रममा चिरायु डेन्ट केयर एसोसिएस् का डाइरेक्टर सागर जोशी र पठाओ नेपालका ब्राण्ड आउटरिच अफिसर उत्सव शाही बीच उपचारमा सेवामा छुट दिने सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको हो । यस सहकार्यबाट पठाओ प्रयोगकर्ता, पठाओ राइडर र कर्मचारी लाभान्वित हुने विश्वास राखिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार