स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कपकाे उपाधि स्टार सिटिलाई

धनगढी : स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियाेगिताकाे उपाधिलवडा नम्बर ५ स्टार सिटिले जितेकाे छ ।
धनगढी उपमहानगरपालिका वडा नम्वर १३ लाई ६ गाेलले पराजित गर्दै वडा नम्वर ५ स्टार सिटी बिजयी भएकाे हाे ।

यस संस्करणकाे बिजयी भएसगै वडा नम्वर ५ स्टार सिटिले टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियाेगिताकाे ट्रफी तेस्राे पटक उचालेकाे हाे ।

जितसंगै वडा नम्वर ५ स्टार सिटिले नगद ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेकाे छ भने बडा नम्वर १३ ले २५ हजार ट्रफी, मेडल, प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नम्वर ५ स्टार सिटिका कमल देउवा, उदयमान खेलाडी स्टार सिटिकै राेहित बाेहरा, उत्कृष्ट गाेल रक्षक वडा नम्वर १३ का शैलेस बाेहरा भए ।

प्रतियोगिताका विजयी खलाडीहरुलाई एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भैतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले पुरुस्कार बितरण गरेका थिए ।

खेलकुद क्षेत्रमा याेगदान दिए पुर्‍याएकाे भन्दै माेहन तामाङ र पुस्पराज पडालका साथै शिक्षा क्षेत्रमा याेगदान पुर्‍याएकाे भन्दै वाल्मीकि ईन्टरनेस्नल स्कुलका प्रिन्सिपल मनाेज बिश्वकर्मा सम्मान गरिएकाे थियाे ।

टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगितालाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटल चटकपुरले मुख्य प्रायोजन गरेकाे थियाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार