‘आहा मोबाइलमा डेटा किने जस्तो, उपचार गर्न कति धेरै सस्तो’ : स्वस्तिक कार्डियोले ल्यायो परिवार स्वास्थ्य प्याकेज

स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटि हस्पिटल प्रा.लि.

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको शहिदगेटमा “स्वास्थ्य क्षेत्रमा उच्चतम प्रविधि तथा गुणस्तरीय सेवा” स्लोगनका साथ सञ्चालित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटि हस्पिटल प्रा.लि. ले परिवार स्वास्थ्य प्याकेज लागु गरेको छ । हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तरगत आम जनसमुदायको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यका साथ परिवार स्वास्थ्य प्याकेज लागु गरेको हो ।

उक्त प्याकेज अन्तरगत विशेषज्ञ स्वास्थ्य परामर्श (ओपिडी), किड्नी परीक्षण, मुटु परीक्षण, युरिन रुटिन टेस्ट, मधुमेह परीक्षण, भिडियो एक्स-रे जस्ता सेवाहरू प्रदान गर्ने व्यवस्था मिलाइएको हस्पिटलका अध्यक्ष महेश जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार उल्लेखित चेक-जाँच तथा परीक्षण गर्न तीन हजार भन्दा पनि बढी खर्च हुने भए पनि यो प्याकेज भने जम्मा एक हजार (१०००) रुपैयाँमा खरिद गरी सेवाहरू लिन सकिने छ ।

जोशी भन्नुहुन्छ, “यो परिवार स्वास्थ्य प्याकेज मोबाइलमा इन्टरनेट चलाउन, फोन गर्न डेटा/भोईस प्याक किने जस्तै हो । एक पटक किनेमा एक जनालाई एक हजार रुपैयाँमा विशेषज्ञ स्वास्थ्य परामर्श (ओपिडी), किड्नी परीक्षण, मुटु परीक्षण, युरिन रुटिन टेस्ट, मधुमेह परीक्षण, भिडियो एक्स-रे जस्ता सेवाहरू हाम्रो हस्पिटल स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालीटीले प्रदान गर्ने छ ।”

यस्तै, यस प्याकेज परियोजना अन्तरगत स-परिवारले परिवार स्वास्थ्य प्याकेज खरिद गरी स्वास्थ्य परीक्षण गराएमा प्याकेज परियोजना सदस्यता प्रदान गरिने र उक्त घर परिवारका हरेक सदस्यको उपचारमा सहुलियत प्रदान गरिने अस्पताल व्यवस्थापन टिमले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

71%

खुसी

0%

दुःखी

21%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार