शनिवार सुदूरपश्चिम प्रदेश सभाको नवौँ बैठक बस्दै

सुदूरपश्चिम प्रदेश सभा
प्रकाशित : :

धनगढी :  सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनको नवौ बैठक आज बस्दै छ । प्रदेश सभा सचिवालयले आज दिउसो २ बजे नवौं बैठक आह्वान गरेको हो ।

विजनेसविहिन रहेको प्रदेश सभाको बैठकको कार्यतालिका भने तयार भएको छैन् । प्रदेश सभाका सूचना अधिकारी युवराज जोशीले सर्वदलिय बैठकबाट कार्यतालिका तय हुने बताए । 

जोशीले भने –‘सम्भवतः विषयगत समिति गठन गर्नेबारे कार्यतालिका चयन हुने छ ।’

यस्तै मन्त्रीहरुको सपथग्रहण पनि ११ बजेपछी हुने संभावना रहेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट