सुदूरपश्चिम सरकारको सय दिनको काम शुन्य छ : नेता रावल

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल

धनगढी : नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले सुदूरपश्चिम सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन नसक्नु ठुलो उपलब्धी रहेको बताएका छन् ।

प्रथम अधिवेशनको नवौ बैठकमा बोल्दै नेता रावलले सरकारका सय दिन वित्दा समेत मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको र अधिवेशन अन्त्यमा प्रदेश सभाको विषयगत समितिले पूर्णता पाएको बताएका हुन् ।

‘मन्त्रीमण्डल थोरै भएपनि पुर्ति भएका छन् । आम जनताका विचमा हामी प्रति धेरै विश्वास लिएर बसेका छन् । सरकारका सय दिन उपलब्धी हेर्दा अझै सरकारले पूर्णता पाएका छैनन’ उनले भने –‘एक सय एक दिनमा प्रदेश सभाका विषयगत समितिका नाम मनोनयन भए । यदि ति सममितिहरु समयमै गठन भई जनताका आवाजहरुलाई प्रतिनिधित्व गर्दै सदनका क्रियाकलापहरु अघि बढाउँदा प्रदेश सरकारप्रति विश्वास बढ्थ्यो ।’

एमाले संसदिय दलका नेता राजेन्द्र रावलले शुन्य समयमा बोल्दै रावलले भने भने—‘तत्कालीन सरकारले जनताले आभाष गर्ने खालको कहिले गरेको छैन ? यो सरकारले जनताको दुःख किन देखेन ? उनले प्रश्न गरे । सिमा क्षेत्रमा रहेका जनताहरुलाई हामी यहीँ देशका जनता हौँ भन्ने महसुस गराउने काम नभएको तर्क गरे । 

रावलले भने, ‘काठमाडौँको यात्रा पटक–पटक भयो तर, जनताको हितमा भएनन्, सुदूरपश्चिम सरकारको सय दिनको काम शुन्य छ । 
हामी रचनात्मक रुपमा प्रतिपक्षको रुपमा आउँछौँ । प्रदेशको भवन बनाउने बारे पटक पटक धेरै बहस भए पनि अहिले सम्म सरकारले किन निर्णय लिएन ?’ । आन्तरीक श्रोेतहरुको प्रयोग बारेमा ध्यान दिन उनले अनुरोध समेत गरे । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार