दाहाल नेतृत्वको सरकारले पायो पाँच महिनापछि पूर्णता

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मंसिरमा भएको आमनिर्वाचनपछि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मंगलबार ११ औँ पटक विस्तार गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नयाँ गठबन्धन बनेपछि दाहालले मंगलबार पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्रप्रसाद यादव वन तथा वातावरणमन्त्री र जसपाकै प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएसँगै दाहाल मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ ।

मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, जसपा २, नेकपा एकीकृत समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १–१ जना मन्त्री बनेका छन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबाट १–१ जना राज्यमन्त्री बनेका छन् । जसपाबाट नवनियुक्त मन्त्री महतो सिरहा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने राज्यमन्त्री बनेकी कुमारी राष्ट्रिय सभा सदस्य हुन् । उनलाई जसपाले यसअघि उपराष्ट्रपति पदको उम्मेदवार समेत बनाएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार