SKIP THIS

S.P.A  Collage

तय भयो चौथो सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति, यी आठ विधाका खेलाडीहरूले प्राप्त गर्दै छन् अवार्ड ?

तय भयो चौथो सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति, यी आठ विधाका खेलाडीहरूले प्राप्त गर्दै छन् अवार्ड ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरूका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चौथो संस्करणको सुदूरपश्चिम सपोर्ट अवार्ड यही आउँदो असार ८ गते आयोजना गर्ने तय गरेको छ ।

विगत तीन वर्षदेखि आयोजना गर्दै आएको सुदूरपश्चिम सपोर्ट अवार्ड बारे बुधवार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणबारे जानकारी गराएको हो ।

धनगढीमा आयोजना हुने चौथो सुदूरपश्चिम सपोर्ट अवार्ड २०७९ आगामी असार ८ गतेका लागी तय गरिएको मिति घोषणा गर्दै मञ्चका अध्यक्ष प्रदीप पाठकले २०७९ सालको वैशाखदेखि चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीहरूले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधाहरूमा अवार्ड वितरण गरिने जानकारी दिए ।

वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदूरपश्चिम आईकन पुरुष तथा महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड वितरण गरिने जनाइएको छ ।

यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधामा तीन/तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जानकारी दिएको छ ।

त्यस्तै, मञ्चका महासचिव हरि जोशीका अनुसार अवार्ड कार्यक्रमभन्दा अघि क्रमशः मनोनयनमा परेकाहरूको नाम सार्वजनिक गरिनुका साथै वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् भने सुदूरपश्चिम आइकन पुरुष तथा महिलाको विजेताले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन्।

यसका साथै, वर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र वर्षको युवा खेलाडीले नगद २५ हजारसहित ट्रफी प्राप्त पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार