भू-स्वर्ग खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने

यही जेठ २३, २४ र २५ गते सम्मेलन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भने भारतीय योग गुरु बाबा रामदेवसँगै बालकृष्ण आचार्य समेत आउने पक्कापक्की भएको जनाइएको छ ।
तस्बिर: सामाजिक सञ्जाल

धनगढी: सुदूरपश्चिम प्रदेशमा रहेको भू-स्वर्ग तपो भूमि खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको आर्थिक सहयोगमा एवं खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा खप्तड क्षेत्रमा यही जेठ २३, २४ र २५ गते सम्मेलन आयोजना गर्न लागिएको हो।

आन्तरिक एवं बाह्य पर्यटकलाई बढुवा दिन तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भने भारतीय योग गुरु बाबा रामदेवसँगै बालकृष्ण आचार्य समेत आउने पक्कापक्की भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन

यस्तै, सम्मेलनमा पूर्व प्रधानमन्त्रीहरू, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्ति, सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, पर्यटन व्यवसायी लगायतको सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिले जनाएको छ। भने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भइसकेको छ । सो समितिअन्तर्गत १२ उपसमिति गठन गरिएका छन्।

खप्तड
  • कसरी जाने खप्तड ?

खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन । डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट एक दिनको पैदल यात्रापछि मात्र खप्तड पुग्न सकिन्छ ।

  • खप्तड किन जाने के-के छ त्यहाँ ?

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा छ। खप्तड क्षेत्रमा खप्तड बाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो क्षेत्रमा खप्तड बाबाको कुटी, सशस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ। खप्तड बारे जान्न व्याख्या गरेर भन्दा पनि त्यही उपस्थित भएर महसुस गर्नु पर्ने, गर्न सकिने ठाउँका रूपमा पनि बढी परिचित छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार