पशुपतिको जलहरीमा प्रमुख प्रतिपक्षी दलका नेता मुछ्नु उचित होइन : प्रधानमन्त्री ‘प्रचण्ड’

पशुपतिको जलहरीमा प्रमुख प्रतिपक्षी दलका नेता मुछ्नु उचित होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने काम पशुपति क्षेत्र विकास कोषको भएकाले यो विषयमा प्रमुख प्रतिपक्षी दललाई जोड्नु उचित नहुने बताएका छन् ।

एमालले बैठक अवरोध गरेपछि प्रमुख दलबीचको शीर्ष तहमा प्रधानमन्त्रीले बोल्ने सहमति भएपछिको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘पशुपतिनाथमा जलहरीबारे चर्चा उठेको छ । पुशपतिमा जलहरीको काम गर्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकासका कोषको हो । यसमा विवाद छैन । अख्यितारमा निवेदन परी छानबिन भइरहेको छ । आयोगले स्वतन्त्र छानबिन गर्नेछ । यसमा सरकारको सहयोग रहनेछ’ प्रधानमन्त्रीले भने, ‘जलहरी सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडिनु उचित होइन । यस्ता विषय संसद बाट हटाउने प्रचलन रहेको छ ।’

प्रधानमन्त्रीले एमालेलाई आश्वस्त बनाएपछि प्रतिनिधिसधभाको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको भनाइ संसद्‍को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

माओवादी सांसद दाहालले १० जेठमा पशुपतिमा जलहरी राख्दा सुनको सट्टा पित्तल मिसाइएको आरोप लगाएका थिए । यसमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको संलग्नता रहेको आरोप लगाइएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार