प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिने, अवरोध हटाउन सचेतकहरूसँग सभामुखको छलफल

पशुपतिको जलहरीमा प्रमुख प्रतिपक्षी दलका नेता मुछ्नु उचित होइन : प्रधानमन्त्री

काठमाडौं : संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दैछन् ।

अहिले केहीबेरमा नयाँ बनेश्वरमा प्रमुख दलका सचेतकहरूसँग छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

यस्तै आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सुरुमै प्रष्टीकरण राख्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि सभामुख घिमिरेले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गर्दै सरकारका तर्फबाट अवरोध हटाउन पहल गर्न आग्रह गरेका थिए ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र नागरिकता विधेयकको विषयलाई लिएर आइतबार सदन अवरोध गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार