SKIP THIS

S.P.A  Collage

सर्वोच्च बारले भन्यो, ‘राष्ट्रपतिद्वारा गरिएको नागरिकता प्रमाणिकरण संविधानको प्रतिकुल’

सर्वोच्च बार

राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेको नागरिकता विधेयक नेपालको संबिधान प्रतिकुल भएको सर्वोच्च अदालत,बार एशाेसिएशनले जनाएको छ।

सर्वोच्च अदालत, बारका अनुसार राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको जनाउँदै अदालतले थप निरुपण गर्ने उल्लेख गरेको छ।

‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार  एशाेसिएशनको ठम्याइ छ,’सचिव श्यामकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानुन बमोजिम व्याख्या हुने नै छ।’ सर्वोच्च बारको हिजो साँझ बसेको आकस्मिक बैठकपछि सो निर्णय सार्वजनिक भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि राष्ट्रपति पौडेलले अघिल्लो संसदमा बहुमतले पारित भएर विद्यादेवी भण्डारीको कार्याकालमा राष्ट्रपति कार्यालय पुगेको विधेयकलाई ८ महिनापछि प्रमाणिकरण गरेका थिए।

सामान्यतयाः संघीय संसदका सभामुखले पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्ने नियम भए पनि मन्त्रीपरिषदको सिफारिसमा पठाइएको विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेपछि विवाद भएको थियो।  सोपछि सर्वोच्च अदालतमा मुद्दा परेकाे र अदालतले साे विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिइसकेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार