अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’

अखण्ड भारतको नक्साविरुद्ध बालेनको ‘ग्रेटर नेपाल’

काठमाडौं : भारतले नयाँ संसद् भवनमा लुम्बिनी लगायत नेपाली भूमिसमेत समेटिएको ‘अखण्ड भारत’ म्युरेल राखेको ‘काउन्टर’मा काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।

भारतीय संसद्मा राखिएको म्युरेलका विषयमा सरकारका सरोकारवाला निकायसमेत प्रतिक्रिया व्यक्त गर्न डराएका बेला बालेनको ‘ग्रेटर जवाफ’को धेरलै तारिफ गरेका छन्। ‘यही हो स्वतन्त्र प्रतिनिधि हुनुको अर्थ। संसद्ले र प्रधानमन्त्रीले गर्ने हिम्मत नगरेको काम एक बालेनले गरिदिए,’ सामाजिक सञ्जालमा सुशन पण्डित लेख्छन्, ‘भारतलाई मौन काउन्टर जवाफ दिँदै बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखे। यतिको हिम्मत हाम्रा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, राजनीतिक दलहरूले कहाँ गर्न सक्ने रु’

मेयर बालेन हाल भारतको बंगलुरुमा छन्। उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले जनाएको छ। मेयरको कार्यकक्षमा बिहीबार राखिएको नयाँ नक्सा यति बेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

भारतको हालै उद्घाटित नयाँ संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ। सोही नक्साविरुद्ध नेपालमा व्यापक विरोध भइरहेको छ। ‘मेयर बालेन साहले साहसिक निर्णय लिँदै सुगौली सन्धिमा गुमेका नेपाली भूभागसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेर राम्रो काम गरेका छन्,’ सामाजिक सञ्जालमा गोविन्द भुसालले लेखेका छन्।

त्यस्तै नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेपालले पनि सांस्कृतिक नक्सामा ग्रेटर नेपालका भूभाग समेट्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपालले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका हुन्। सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे।-नागरिक दैनिकबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार